नियम ४२
प्रश्नको सूचना
(१) बैठकमा प्रश्न सोध्न चाहने कुनै सदस्यले देहायका कुरा समेत खुलाई सचिवलाई सूचना दिनु पर्नेछ ः-
(क) सोध्न खोजेको प्रश्न, र
(ख) प्रश्नसँग सम्बन्धित मन्त्री ।
(२) प्रश्नको सूचनामा एक जनाभन्दा बढी सदस्यले हस्ताक्षर गरेको भए पहिलो हस्ताक्षर गर्ने सदस्यले उपनियम (१) बमोजिम सूचना दिएको मानिनेछ ।
तर पहिलो हस्ताक्षर गर्ने सदस्य अनुपस्थित भएमा क्रमानुसारका प्रश्नकर्ताको प्रश्नलाई कायम गर्न बाधा पर्ने छैन ।
(३) एउटै विषयमा एकभन्दा बढी सदस्यले प्रश्नको सूचना दिएमा दर्ताक्रमको पहिलो प्रश्नलाई मात्र कायम गरिनेछ ।
तर प्रश्नकर्ता सबै सदस्यको नाम सभामुखले सभामा पढेर सुनाउनेछ ।